“४. नगर विकास समितिको गठनः
४.१ नेपाल सरकारले नगर योजना कार्यान्वयन गर्न आवश्यकता अनुसार प्रत्येक स्थानीय तहमा नगर विकास समिति गठन गर्न सक्नेछ।
४.२ समितिमा देहायका सदस्यहरु रहनेछन्ः-
४.२.१ सम्बन्धित स्थानीय तहको प्रमुख वा अध्यक्ष -अध्यक्ष
४.२.२ सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखले तोकेको सो समितिको सदस्य -सदस्य
४.२.३ प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत -सदस्य
४.२.४ वन, भूमि तथा नापी सम्बन्धी स्थानीय तह वा जिल्लास्थित कार्यालयका प्रतिनिधिहरु -सदस्य
४.२.५ नगर कार्यपालिका वा गाउँ कार्यपालिकाका सदस्यहरु मध्येबाट सम्बन्धित नगर कार्यपालिका वा गाउँ कार्यपालिकाले तोकेको तीन जना सदस्य -सदस्य
४.२.६ स्थानीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरी आएका सोही क्षेत्रका समाजसेवीहरु मध्येबाट सम्बन्धित स्थानीय तहको कार्यपालिकाले मनोनीत गरेका एकजना महिला सहित दुई जना -सदस्य
४.२.७ सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत -सदस्य-सचिव
४.३ समितिले आवश्यक देखेमा सम्बन्धित स्थानीय तहको विकासमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा कुनै विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।”